Logo
३१ असार २०८१, आईतबार
(June 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव निर्विरोध निर्वाचित, अन्य पदहरुमा दर्जनौं उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।

अध्यक्ष बाहेकका अन्य पदहरुमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।  उक्त पदहरुमा दर्जनौंका उम्मेदवारी परेको एक नेताले बताए ।

मधेश प्रदेशको जनकपुर स्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: Jun 12, 2024

प्रतिक्रिया दिनुहोस्