Logo
२२ बैशाख २०८१, शनिबार
(April 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा एकता घोषणासंगै तराई मधेशमा दिपावली

काठमाडौं, वैशाख ७ : तराई मधेसमा लामो समय संघर्ष गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ७ दल मध्ये ६ दल एकतावद्ध भए लगतै तराई मधेशमा खुश्याली छाएको छ । भने चौतर्फी रुपमा दिपावली बनायएको छ । बिहिबार  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टीमा परिणत भई ‘राष्ट्रिय जनता पार्टी’ अर्थात आरजेपी बनेको हो ।

काठमाण्डौं स्थित एकिकरण घोषणासभासंगै राजबिराज, बिरगंज, बिराटनगर लगायतका स्थानमा दिपावली बनाइएको हो । आम मधेशी जनतामा समेत खुश्याली देखिएका छन । विहीबार यो खबर फैलिएसंगै मधेशका जिल्लाहरुमा सर्वसाधारणले दिपाबली बनाउन थालिएका हुन ।

विहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकताको घोषणा गरिएको हो । मोर्चामा आवद्ध सात दल मध्ये ६ दल एकतामा सहभागी भएका छन् भने बाँकी एक दललाई एकताका लागि आह्वान गरिएको छ ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)  र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी बनेको छ ।

प्रकाशित मिति: Apr 20, 2017

प्रतिक्रिया दिनुहोस्