Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने सद्भावनाको निर्णय

काठमाडौ, बैशाख ६ : अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले स्थानीय तह अन्तर्गतको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका पूर्णतः अव्यवहारिक रहेको निश्कर्ष निकाल्दै सोको खारेज गरि पुनःसंरचना गर्न माग गरेको छ ।

दुई दिनसम्म चलेको पार्टीको महासमितिको बैठकबाट भएका ६ बुँदे निर्णयमा सो माग उल्लेख गरेको छ ।

बैठकपछि सो पार्टीका प्रवक्ता डा.डिम्पल झाले जारी गरेको विज्ञप्तिमा सविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने निर्णय गरेको उल्लेख छ ।

साथै, स्थानीय तहलाई प्रदेश अन्तरर्गत राख्नुपर्ने माग गर्दै पार्टीको झण्डा, चुनाव चिन्ह, सिद्धान्त र विचारसँग सहमति हुने दललाई एकीकरण अभियानमा सहभागि हुन आह्वान समेत गरिएको छ ।

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्