Logo
८ बैशाख २०८१, शनिबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा “होलीका” दहनको सट्टा “ओलीका” दहन गर्ने तयारी

जनकपुरधाम २७ फागुन । पौराणिक विधि अनुसार असत्यमाथि सत्यको विजय भएको खुसियालीमा तराईमा होलीको पूर्व संध्यामा होलिका दहन गर्ने परम्परा रहेको छ । तर यस पालि सप्तरीमा तेश्रो मधेश आन्दोलनको क्रममा भएको गोलीकाण्डलाई लिई यो परम्परा भने फरक तरिकाले मनाईने भएको छ ।  एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको गोली काण्डमा परी ४ जनाको मृत्यु भएको छ साथै एक दर्जन भन्दा बढी घाईते रहेका छन् । हर्षोउल्लासका पर्वको रुपमा मनाउदै आएका होली पर्व यसपाली मधेसमा नमाउने भएको छ ।

असत्यमाथि सत्यको विजय भएको खुसियालीमा मनाउने होली सप्तरी राजविराजको घटनाले शोकाकुल मधेसी जनता यसपाली होली नमाउने चर्चा चलेको देखिएको छ । यसैबीच, होली पर्वको पूर्व सन्ध्यामा होलिका दहन गर्ने विधि अनुुसार यसपाली होलिका दहनमा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओली शर्माको दहन गर्ने जनाइएको छ ।मोर्चा धनुषाले एमालेका नेता केपी ओलीले सप्तरीमा घटाएको घटनाप्रति घोर विरोध गर्दै विरोध स्वरुप होलीका दहनको सट्टा ओलीको दहन गर्ने जनाएको छ ।

मधेस अहिले शोकाकुल घडिमा छ, यस्तोमा होली मनाउनु भनेको मानवता विरुद्ध हो, होली खुसी र उल्लासको पर्व हो, तर यहाँ शोकाकुल छ समग्र मधेस र मधेसी जनता, यस्तोमा विरोध स्वरुप सप्तरीमा ४ जनाको ज्यान जाने गरी घटाएको हिँसात्कम घटनाको विरोध स्वरुप नै होलीका दहन नगरी ओलीको दहन गर्नेछौँ,  हुनत यसको औपचारिक निर्णय अहिले भएको छैन तर छिटै प्रेस विज्ञप्ति जारी गर्नेछौँ । –सद्भावनाका जिल्ला अध्यक्ष सँजय सिँहले भने । शोकाकुल घडिमा धनुषावासीलाई समेत यसपाली होली पर्व नमाउन आग्रह उनले गरे ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्