Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीद्धारा मारिएकाहरुको शव यात्रामा ओर्लियो मानव सागर (फोटो फिचर)

राजविराज, २८ फागुन । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरुको पाँचै जनाको विशाल शवयात्रा निकालिएको छ । हजारौंको संख्यामा स्व्तस्फुर्त रुपमा आम सर्वसाधारण शव जुलुसमा सहभागी भएका छन् । सयौंमा संख्यामा शव यात्रामा गाडिहरुमा सवार भए शव यात्रा सप्तरीको राजविराज देखि, हनुमानगर, भारदह, कन्चनपुर, महुली, रुपनी हुदैं लहान सम्म पुगेर पुनः फर्केर घटना भएको घटना स्थल मलेठमा पुगेर सामुहिक दाह संस्कार गर्ने कार्यक्रम रहेको छ ।

शव यात्रा शुरु हुन्दा अगाडि मधेशी मोर्चामा आवद्ध दलहरुको सामुहिक झण्डा सहादत प्राप्त गरेकाहरुलाई ओढाएर सम्मान गरिएको थियो । राजविराज बाट साढे १२ बजेपछि शवयात्रा निकालिएको हो । शुक्रवार मध्यराती मृतकहरुको शव जिल्लाको सदरमुकाम राजविराज ल्याईएको थियो । शवलाई रातभरी गजेन्द्र चौकमा राखिएको थियो । रातीदेखि नै चिसो हावासँगै पानी पर्ने क्रम नरोकिएका कारण शवयात्रा निकाल्नमा ढिलाई भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले बताएका छन् ।

जिल्लाको विभिन्न भाग परिक्रमा पश्चात सिरहाको लहान स्थित शहिद चौकसम्म लगिने कार्यक्रम रहेको छ । यता शवयात्रामा सहभागी हुन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा शुक्रवारै राती सप्तरी आईपुगेका छन् । यसैगरी संघीय गठबन्धन एवम् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत् सिंह भण्डारी, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायत केन्द्रीय नेताहरु शवयात्रामा सहभागी हुने तय भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।

शवयात्रा पश्चात आजै अन्तिम संस्कारकालागि पाँचै जनाको परिवारजनलाई जिम्मा लगाईने मोर्चाका सप्तरी संयोजक यादवले जानकारी दिएका छन् । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह, मलेठ–४ का विरेन्द्र महतो र जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कौटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्