Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानवअधिकार आयोगका पदाधिकारीलाई कारवाही गर्न माग

सप्तरी, फागुन २४  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारीको गम्भीर लापरवाहीका कारण सप्तरी घटना भएको निश्कर्ष निकालेको छ । मोर्चाले बैठकपछि जारी गरेको विज्ञप्तिमा आयोगले सोमबारको घट्नामा कुनै प्रतिकृया समेत नजनाएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार बसेको मोर्चाको बैठकले सोमबार तीन जनाको ज्यान गएको र १५ जना गम्भिर घाइते भएको भन्दै प्रहरी–मोर्चाको झडपका बेला मानवअधिकार आयोगका पदाधिकारी तथा कर्मचारीहरु एमाले अध्यक्ष केपी ओलीको भाषण सुन्न व्यस्त बनेकाले घटना भएको ठहर गरेको हो ।

त्यस्तै मोर्चाले ६ बुदे माग अघि सारेको छ । मागमा प्रहरीको गोली लागि मृत्यु भएका तीनै जनालाई शहिद घोषणा तथा पीडित परिवारलाई राहत र एक सदसयलाई सरकारी जागिर दिनुपर्ने मोर्चाको एक नम्बर माग रहेको छ । त्यस्तै राज्यले घाइतेको उपचार व्यवस्था गर्नुपर्ने र घट्नाको छानवीनका लागि उच्चस्तरिय छानवीन आयोग गठन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग अघि सारेको छ ।

मोर्चाले सप्तरीका सिडिओ, प्रहरी प्रमुखको निलम्बन, संविधान संशोधन परिमार्जनसहित पारित गर्नुपर्ने पनि माग अघि सारेको छ । त्यस्तै गजेन्द्रनारायाण सिंह औधोगिक प्रतिष्ठानमा कार्यक्रम गर्न अनुमति दिनेलाई समेत कारवाहीको माग गरिएको छ । मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमबारको घटनामा प्रहरीको गोली लागि सप्तरी मलेठ गाविस २ का सञ्जन मेहता, मलेठ ४ कै पिताम्बरलाल मण्डल र प्रसवनी गाविस टेग्रिका आनन्द साहको मृत्यु भएको उल्लेख छ ।

मंगलबार बसेको मोर्चाको बैठकले सोमबार तीन जनाको ज्यान गएकाे र १५ जना गम्भिर घाइते भएको र ४० जनाभन्दा बढि घाइते हुनेगरी भएको प्रहरी–मोर्चाको झडपका बेला मानवअधिकार आयोगका पदाधिकारी तथा कर्मचारीहरु एमाले अध्यक्ष केपी ओलीको भाषण सुन्न व्यस्त बनेकाले घटना भएको ठहर गरेको हो ।

मोर्चाले बैठकपछि जारी गरेको विज्ञप्तिमा आयोगले सोमबारको घट्नामा कुनै प्रतिकृया समेत नजनाएको भन्दै आपत्ति जनाएको छ ।त्यस्तै मोर्चाले ६ बुदे माग अघि सारेको छ । मागमा प्रहरीको गोली लागि मृत्यु भएका तीनै जनालाई शहिद घोषणा तथा पीडित परिवारलाई राहत र एक सदसयलाई सरकारी जागिर दिनुपर्ने मोर्चाको एक नम्बर माग रहेको छ । त्यस्तै राज्यले घाइतेको उपचार व्यवस्था गर्नुपर्ने र घट्नाको छानवीनका लागि उच्चस्तरिय छानवीन आयोग गठन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग अघि सारेको छ ।

मोर्चाले सप्तरीका सिडिओ, प्रहरी प्रमुखको निलम्बन, संविधान संशोधन परिमार्जनसहित पारित गर्नुपर्ने पनि माग अघि सारेको छ । त्यस्तै गजेन्द्रनारायाण सिंह औधोगिक प्रतिष्ठानमा कार्यक्रम गर्न अनुमति दिनेलाई समेत कारवाहीको माग गरिएको छ । मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमबारको घटनामा प्रहरीको गोली लागि सप्तरी मलेठ गाविस २ का सञ्जन मेहता, मलेठ ४ कै पिताम्बरलाल मण्डल र प्रसवनी गाविस टेग्रिका आनन्द साहको मृत्यु भएको उल्लेख छ ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्