Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोलीपप राजनीतिः मोर्चा टाढिदै, प्रधानमन्त्री फकाउँदै

pm-prachanda-with-morchas-leaders-555x335काठमाडौं १६ मंसिर । देशमा लोलीपप राजनीति जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमति खोज्न प्रधानमन्त्री सक्रिय देखिएका छन् । संसोधन प्रस्तावमा असन्तुष्ट बन्न नसकेको मधेसी मोर्चासँग आज प्रधानमन्त्रीले छलफल गरेका छन । आफुले राखेको संसोधन प्रस्तावको पुष्टि गर्ने र चुनावमा जाने प्रतिवद्धता खोज्ने प्रधानमन्त्री तयारी छ । बिहान ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मोर्चाका नेताहरुसँग छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले संसोधन प्रस्ताव पारित गरेर चुनावमा जाने प्रतिवद्धता मोर्चासँग खोज्ने उनको सचिवालयले जनाएको छ । मोर्चाले भने संसोधन प्रस्तावमा सहमति नभएको भन्दै हिजो नै अस्वीकार गर्ने निर्णय गरिसकेको छ । आजै मोर्चाले प्रधानमन्त्रीसँगको वार्तापछि थप छलफल गर्नेछ ।

बिहान ११ बजे काठमाण्डुको तिनकुनेमा रहेको संघिय समाजवादी फोरमको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा संसोधन प्रस्ताव दर्ता भएछिको रणनीतिका विषयमा कुराकानी हुनेछ ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्