Logo
२६ बैशाख २०८१, बुधबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैजना बस्छन् निर्वस्त्रः कारण छक्क पारिदिने !

nude-village_1474009555

एजेन्सी, संसारका लगभग सबैजसो देशमा रहनसहन, खानपिन र दैनिक व्यवहार एक अर्काभन्दा निकै फरक हुन्छन् । भिन्न हुँदाहुँदै पनि लगभग संसारका सबैजसो मानिसहरुलाई गाँस, बास कपासको आवश्यक परेकै हुन्छ । तर एउटा यस्तो देश छ जहाँका मानिसलाई गाँस र बासको आवश्यक त पर्छ तर कपास चाहिँदैन । अर्थात् यहाँका मानिसहरुले लुगा लगाउँदैनन् । थाहा पाउनुस् यसको के कारण हुनसक्छ ।

ब्रिटेनको हर्टफोर्डशायरको ब्रिकेटवुडमा ‘स्पिलप्लाट्ज’ नामक एउटा यस्तो गाउँ छ जहाँका मानिसहरु विगत ८५ वर्षदेखि निर्वस्त्र बस्दै आएका छन् । यहाँका प्रत्येक मानिस लुगा लगाउँदैनन् । अझ रोचक कुरा के छ भने, यो गाउँमा पर्यटकहरु पनि छुट्टी मनाउन आउँछन् । आफू बस्ने अवधिभरी यी पर्यटकहरु पनि निर्वस्त्र बस्ने गर्दछन् ।

nude-village_1474009646

यो अवधिमा उनीहरुले यस गाउँको नियम उल्लंघन गर्न भने पाउँदैनन् । यहाँ बस्ने मानिसहरु कोही आदिवासी जनजाती होइनन् । यी मानिसहरुको आफ्नै पब छ, स्विमिङ पुल, बंगला र खानपिनको हरेक व्यवस्था छ । यो गाउँको बारेमा निकै थोरै मानिसहरुलाई मात्र थाहा छ । यो गाउँलाई सन् १९२९ मा इसुल्ट रिचर्डसनले पत्ता लगाएका थिए ।

प्रकृतिको निकै नजिक र पूर्ण रुपमा प्राकृतिक तरिकाले बाँच्ने भन्दै उनीहरु निर्वस्त्र बसेको उनीहरु बताउँछन् ।  यद्यपी यहाँका मानिसहरुलाई जाडो महिनामा लुगा लगाउनको स्वतन्त्रता दिइएको छ । जाडो हुँदा कोही मानिसले कपडा लगाउन चाहन्छन् भने उनीहरु निस्फिक्र भएर लुगा लगाउन सक्छन् ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्