Logo
१३ बैशाख २०८१, बिहीबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक निर्माणकालागि मानव साङलो आन्दोलन ! (फोटो फिचर)

mahotari-sadak-news-1

जनकपुर, २७ भदौं । बिगतमा अधिकारका लागि मानव साङ्गलो आन्दोलन गरिएको थियो तर आज सडक निमार्ण गर्नका लागि पनि आन्दोलन भएको छ । जनकपुर देखि जलेश्वर भिठ्ठामोड सम्मको सडक निर्माणका लागि जनताले आन्दोलन नै गर्नु पर्ने अवस्था सृजना भएको छ । बारम्बार सो क्षेत्रका नेताहरु मन्त्री भए तर सो सडक खण्डको अवस्था दयनिय छ ।

बर्षाको सिजनमा त उक्त सडक खण्डमा खालि खुटटा् हिड्न पनि कठिन हुन्छ, सवारी साधनको के कुरा गर्नु । राज्य कमजोर हुदा र नेताहरुको मनपरीको शिकार भएको छ जनकपुर देखि जलेश्वर भिठ्ठामोड सडक खण्ड ।

जनता राज्य माथि दवाव दिनका लागि आम सर्वसाधारणदेखि स्कुले विद्यार्थीहरु सडकको किनारामा उभेर मानव साङ्गलो बनाएर तत्काल सो सडक खण्ड निमार्ण गर्न दवाव दिएका छन । विहान ८ बजे देखि ९ बजे सम्म मानव साङ्गलो बनाएर दवाव दिएका छन् । तस्विर सत्येन्द्र यादव

mahotari-sadak-news-2

mahotari-sadak-news-3

mahotari-sadak-news-4

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्