Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानप्रति बिमति जनाउँदै भएको मधेस आन्दोलनपछि ३ सय ५० विरुद्ध मुद्दा !

Madhesh Andolan

काठमाडौं । नयाँ संविधानप्रति बिमति जनाउँदै तराई–मधेस केन्द्रित दलले गरेको आन्दोलनको क्रममा ३ सय ५० भन्दा बढीलाई बिभिन्न खाले मुद्दा लगाइएको खुलेको छ । गृह मन्त्रालयले तयार पारेको सूची अनुसार उक्त संख्या बराबरका आन्दोलनकारीलाई बिभिन्न आरोपमा मुद्दा लगाइएको खुलेको हो। टिकापुरमा प्रहरी आक्रमणदेखि महोत्तरीमा प्रहरीलाई थुतेर मार्नेहरुको पहिचान गरी त्यस्ता व्यक्तिलाई सूचीमा समावेश छन् ।

‘गृह मन्त्रालयले ३ सय ५० जनालाई आन्दोलनको क्रममा मुद्दा लगाइएको सूची तयार पारेको रहेछ, त्यसको जानकारी गठबन्धनलाई दिएको छ, हामी अध्ययन गर्दछौं,’ राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केवश झाले भने। उनका अनुसार आन्दोलनको क्रममा पक्राउ परेका अझै पनि प्रहरी हिरासतमा रहेका छन र तीनलाई समेत समेटेर एकमुष्ठ रुपमा मुद्दा फिर्ता लिने बारेमा छलफल भइरहेको छ।

सरकारी सम्पत्ति ध्वस्त बनाउनेसहितका बिभिन्न खाले मुद्दा लगाइएको भन्दै गृह मन्त्रालयले तयार पारेको सो सूची संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आवद्ध रहेको आन्दोलनरत संघीय गठबन्धन सामु पेश गरिएको छ। सो सूचीबारे पहिलो चरणमा गठबन्धन र सरकारबीच छलफल पनि भइसकेको छ।

गृह मन्त्रालयले तयार पारेको सो सूची संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आवद्ध रहेको आन्दोलनरत संघीय गठबन्धन सामु पेश गरिएको छ। सो सूचीबारे पहिलो चरणमा गठबन्धन र सरकारबीच छलफल पनि भइसकेको छ। गृह मन्त्रालयलाई सहिद घोषणाका लागि ६८ जनाको नाम गठबन्धनवाट दिइए पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पहिलो चरणमा ५२ जनालाई सहिद घोषणा गरेर विश्वासको वातावारण बनाएको झाले प्रतिक्रिया दिए। गठबन्धनले सरकार सामु पेश गरेको सूचीमा रहेका तर सहिद घोषणा हुन बाँकी रहेका १६ जनाका बारेमा भने अहिले छानबिन भइरहेको छ।

यता, सो आन्दोलनको क्रममा ६ सय ५० भन्दा बढी घाइते भएको रिर्पोट पनि गृहले तयार पारेर गठबन्धनलाई जानकारी गराई सकेको छ।
गृहका अनुसार आन्दोलनको क्रममा ४८ जना आन्दोलनकारी अंगभंग हुन पुगेका छन्। तर, गृह सचिव नारायणगोपाल मलेगोले गठबन्धनका सामु पेश गरेको बिबरण छुटपुट भएको आंशका गर्दै गठबन्धनले भने पुनः बिबरण संकलन गरिरहेको छ।

उता, वीर अस्पताल, नर्भिक अस्पताल र सुषमा मेमोरियल अस्पतालमा भर्ना भएका आन्दोलनका घाइतेहरुका लागि लागेको खर्च पहिलो चरणमा केपी शर्मा ओली सरकारले रकम निकासा गरिसकेको छ। तर, काठमाडौं बाहिर उपचार गरेका घाइतेहरुले भने सरकारले अझै पनि रकम नदिएपछि विबरण संकलन गर्न थालिएको हो ।

‘काठमाडौं बाहिरका अस्पताल र मेडिकलमा भर्ना भई उपचार गरिएका मात्रै होइन, भारतमा समेत उपचार गरेका घाइतेले अझै पनि राहत रकम पाउन सकेका छैनन्,’ तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले भने, ‘तीनको उपचार खर्च ब्योर्होन सरकार तयार भए पछि पुनः बिबरण संकलन गरिरहेका हौं।’ उनका अनुसार केही दिन भित्रमा पूर्ण रुपमा बिबरण संकलन गरेर सरकारलाई बुझाउने तयारीमा गठबन्धन लागिसकेको छ। नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्