Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षाको स्थिति र सीमाको अवस्थाबारे निरिक्षण

NIriK6an

सुनसरी । सुनसरीको नेपाल–भारत सिमानामा जोडीएका गाँउ विकास समितिहरुको शान्ती सुरक्षाको स्थिति र सीमाको अवस्थाको विषयमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले संयुक्त रुपमा स्थलगत निरिक्षण गरेका छन ।

तीन वटै सुरक्षा निकायको टोलीलाई स्थानीयवासीहरुले सुरक्षा गस्ती बाक्लो रुपमा परिचालन गर्न, मध्यहर्षाहीमा प्रहरी चौकी स्थापना गर्न, सुरक्षाकर्मीहरुको दरबन्दी बढाएर बाक्लो सुरक्षाकर्मीहरुको तैनाथी बढाउन, सुरक्षा निकायको भवन निर्माण गर्न र भारतीय पक्षबाट हुने हेपाहा प्रवृती रोक्न सुरक्षा निकायका प्रमुखहरुसँग माग गरेका थिए ।

सोमबार घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्ज र अमडुवा गाविस पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेल, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरिक्षक जयबहादुर खड्का र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका उप–अनुसन्धान निर्देशक नगेन्द्र दाहालको संयुक्त टोलीले सीमा क्षेत्रको अध्यन निरीक्षण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले अनुगमनका क्रममा सीमा क्षेत्रका स्थानीयहरुले शान्ति सुरक्षाको बर्तमान स्थिति सन्तोषजनक भएको बताउँदै प्रहरी कर्मचारीहरुको जनशक्त थप गरि मजवुत सुरक्षा प्रदान गर्न सुझाव आएको बताए ।

अनुगमनका क्रममा बिगतमा जस्तो यस बर्ष पशु चौपायाको चोरी नभएको पाईएको हुँदा सुरक्षा सर्तकतालाई अझ राम्रो सँग कायम राख्नु पर्ने जस्ता सुझाव आएकाले स्थानीयहरुको अपेक्षा र माग अनुसार जनशक्ती कम भएपनि त्यसको अधिकतम उपयोग गरि शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाईने बताए ।

यसैगरी सुनसरीको नेपाल–भारत सीमा सतम्भहरु मध्ये नेपाल पक्षबाट बिजोर नम्बरका सिमा सतम्भको मर्मत सम्भारको कार्य पुरा गरेकाले भारत सरकारको तर्फबाट असोज महिना देखी जोर नम्बरका सीमा स्तम्भहरको मर्मत सम्भार गरिने भएको छ । नेपाल भारतको संयुतm सीमा सर्वे टोलीले विगतमा सर्वे गरि मर्मत सम्भारको कार्य छिटो सम्पन्न गर्ने दुई देशीय सहमती भएको थियो ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्