Logo
७ बैशाख २०८१, शुक्रबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोक्सीको आरोपमा सिरहामा महिलामाथि कुटपिट

Boksi News

सिरहा ५ भदौ । बोक्सीको आरोपमा सिरहामा एक महिलामाथि निर्घात कुटपिट भएको छ । सिरहाको लक्ष्मीपुर–१ की ३० वर्षीया रामदुलारी यादवलाई स्थानीयहरुले मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।

बोक्सीको आरोपमा स्थानीय बेचन महतो, रमविन्द्र महतो, सुलेन महतो, सुर्जा महतो, किसुनदेव महतोले कुटपिट गरेको यादवका ससुरा गढ्वाले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते भएकी रामदुलारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

आमालाई कुटपिट गरेको बेला रोक्न गएको नाती ११ वर्षका भवनाथलाई पनि कुटपिट गरेको छ । पीडकहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्