Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारा इनरवाशिरा बाट ७३ वर्षीय बृद्ध छोराद्वारा घर निकाला

News Bara

बारा । बारा जिल्लाको इनरवाशिरा गाविस वडा नम्बर पाँचका ७३ वर्षीय तपसी दासलाई छोराले घरबाट निकालेको छ । बृद्ध दासका अनुसार आफ्नो नाममा रहेको सम्पती छोराले पटक पटक नामसारी गर्न भने पनि आफुले नामसारी नगर्दा घरबाट निकालिएको हो । पीडित बृद्ध दासका एक मात्र छोरा गौरी शंकर दासले जग्गा नामसारी गर्न भन्दै चार पटक कुटपिट गरेको बृद्धले बताए ।

छोराको कुटपिटबाट ४ पटक हातखुट्टा गहिरो घाउ लागेको र अहिले एउटा आँखासमेत नदेख्ने भएको बृद्धले बताए । बृद्धले भने,‘मेरो नाममा घडेरी र खेतीयोग्य जमिन गरी ५ कठा छ र ५ कठा धम्की दिएर विक्री गराएको छ । बाँकी जमीनमा कृषि बिकास बैंक सिमरा शाखाबाट २०६५ सालमा १ लाख ५० हजार कर्जासमेत लिएको छ ।’

प्रहरीलाई बारम्बार हुगार गर्दासमेत न्याय नपाएको भन्दै बृद्धले भने,‘अहिले घरबाट निकालिए पछि पागल जस्तो भौतारिदैछु । मलाई घरमा बस्ने अवस्था बनाई दिनु पर्यो ।’

यता बृद्धका छोरा शंकरले आफुले बुबालाई यातना नदिएको दाबी गरेका छन् । उनले बुबा आफै घरबाट बाहिरिएको बताए । तिवारी यादवले हुलाकीमा न्युज लेखेका छन ।

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्