Logo
२६ बैशाख २०८१, बुधबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि कर्जा लगाउँछौं भन्दा पनि मान्छे कर्जा लिनु आउँदैनन् – गरिमा विकास बैंकका सीईयो ढकाल

Govinda coकाठमाडौ, न्यूज अप्रेशन । पोखरा स्थित केन्द्रीय कार्यलय भई हाल देशभर २८ ओटा शाखा मार्फत वित्तीय सेवा दिई रहेको  गरिमा विकास बैंक लिमिटेड नेपालमा रहेका अन्य बिकास बैंक भन्दा के फरक छन् र आउदा दिनमा यस बैंकको भाबि योजन के कस्ता छन् यसै बिषयमा केन्द्रित  रहेर प्रमुख कार्यकारी अधिकृत गोविन्द्र प्रसाद ढकाल सँग गरिएको संक्षिप्त कुराकानी :-

गरिमा विकास बैंकको बारेमा विस्तृत रुपमा खुलाई दिनुहोस् न ?

– गरिमा विकास बैंक भनेको राष्ट्रिय स्तरको बिकास बैंक हो ।

   यस बैंकको काठमाडौं बाहेक शाखा कहाँ कहाँ विस्तार गर्दै हुनुहुन्छ ?

– काठमाडौंको बसुन्धारामा शाखा विस्तार गरि सकेका छौ र कात्तिकबाट हेड अफिस नै काठमाडौंमा विस्तार गर्नेछौं ।

अहिले सम्मको डिपोजिट कति छ ?

– ७ अर्ब ९० करोड रहेको छ ।

कृषि कर्जामा कति प्रतिशत लगानी गर्ने भएको छ ?

– कृषि कर्जामा १६.५ प्रतिशत लगानी रहको छ । ३० करोड बिना धितो लगानी गरिरहेका छौं ।

विदेश जाने युवाहरुलाई रोकिएर बैंकले धितो दिने केही सोच्नु भएको छ ?

– गाउँका जग्गा धितो राखेर ऋण लिन्छौं भने हामी लगानी गर्न तयार छौं । यस्तो धितो लिने भन्दा म्यानपावर धाउने युवाहरु बढी छन् ।

डेभलपमेन्ट बैंकर एसोसिएसनबाट युवहरुलाई जनचेतना जगाउने विदेश नजाउ स्वदेशमै केही गरौं भन्ने केही सोच्नु भएको छ ?

– युवाहरुलाई विदेश नगाई स्वदेशमै केही गर्ने सकिन्छ भन्ने उदेश्यले हामीले विभिन्न कार्यक्रम गर्ने तयारी गरिरहेका छौं ।

राष्ट्र बैंकले सबै नेपालीको खाता हुनु पर्छ भन्ने नीति ल्याएको छ यसमा तपाई हरुको कस्तो भूमिका रहेको छ ?

– नीति ल्याउन सजिलो तर कार्यन्यन गर्न गाह्रो हुन्छ, ग्रामीण भेगमा पूर्वाधारहरु हुनुपर्छ । संचारको सूविधा नभएको ठाउँमा कुनै पनि बैंकको शाखा हुन सक्दैन । बैंकहरु त्यहाँ जानु तयार छ तर पूर्वाधारको विकास नभएको ठाउँमा बैंक हुने सम्भव नै छैन । बाटो, विद्युत र इन्टरनेट नभएको ठाउँमा बैंक जानु सम्भव नै हुँदैन ।

– यहाँ विकास बैंकहरुले भूकम्पपीडितहरुलाई हामी पनि काम गर्ने र कमर्सियल बैंकहरुले पनि काम गर्ने सहमति भएका छन् । भूकम्प पीडितहरुको खाता भएको रकम बैंकमै पठाउने व्यवस्था मिलाएका छौं ।

भूकम्प पीडितहरु बैंकमा सहुलियत ऋण लिन कतिका आएका छन् र कतिले पाए ?

– पश्चिम तिर हाम्रो शाखा धेरै छ गोर्खा तिर नभएकाले त्यत्तिको आएको छैन ।

कृषि कर्जामा लगानी नभएको कतिपय बैंकलाई कारबाही भएको हामीले सुनेका छौं र कारबाही पनि भएका छन्, राष्ट्र बैंकलाई पनि अटेर गरेर बस्ने बैंकलाई किन कारबाही भएन ?

– कृषि क्षेत्रमा लगानी नभएको बैंकलाई कारबाही हुने भनेको होइन, कृषिमा १५ प्रतिशत लगानी हुनु पर्छ भनेर राष्ट्र बैंकले सर्त राखेको छ । कृषि कर्जा लगाउँछौं भन्दा पनि मान्छे कर्जा लिनु आउँदैनन् । बैंकबाट लगानी गर्छु भन्दा पनि कर्जा लिनु व्यक्ति आउँदै आउदैन । यसमा हामीले के गर्न सक्छौ र ।

तपाईको बैंकमा कर्जा नतिर्नेमा ५ लाख देखि १० लाख को रेसियो हुन्छ कि ५० लाख देखि १ करोड नतिर्नेको रेसियो बढी हुन्छ ?

– २० लाख भन्दा माथिको कर्जा नतिर्ने बढी आएको छ । गरिब व्यक्तिहरुमा कर्जा तिर्नु पर्छ भन्ने भावना छ । ठूलो कर्जा लिने धनीहरुले कर्जा तिर्दैनन् ।

गरिमा बैंकको सिईओ हुनु भएको कति वर्ष भयो ?

– गरिमाको सिईओ भएको अहिले ८ वर्ष भयो ।

लगानीकर्ताहरु वर्ष सम्मै यही बस्नु पाउनु प्रवधान हुन्छ, यसमा तपाईको भनाइ के छ ?

– लगानीकर्ताको हिसाबले आफ्नो सूरक्षा आफै गर्नु पाउनु पर्छ भन्ने अधिकार कुण्ठित हुनु हुन्न भन्ने मलाई लाग्छ ।

आफ्नो बेस्तताको बावजुद पनि हामीलाई समय दिनु भो यसका लागि धन्यबाद ।

 

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्