Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको मन्दी अर्थतन्त्र : हरेक नेपालीको थाप्लोमा ७९ हजार ऋण

अहिले पनि देशको अर्थतन्त्र आन्तरिक रुपमा राम्रोसँग जान सकेको छैन । आर्थिक क्रियाकलाप बढ्न सकेको छैन । मन्दीको असर परेको जस्तो छ । तर नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा बाह्य सूचकांकहरु भने ठीकठीकै छन् ।

शोधान्तर बचत ३२ अर्ब छ । विदेशी सञ्चिती डलरमा ११ अर्ब ८५ करोड छ । १२ महिना धान्ने बाह्य वस्तु आयात गर्न सक्ने अवस्था छ । १० महिनाको वस्तु र सेवा आयात धान्न सक्ने क्षमता छ ।

अहिले रेमिट्यान्स उच्चदरमा बढेर ११६ अर्ब पुगेको छ । नेपाली रुपियाँमा २५ प्रतिशतले बढेको छ भने डलरमा २१ प्रतिशतले बढेको छ । यसरी बाह्य क्षेत्र मजबुत छ । तर आन्तरिक रुपमा निर्यात बढ्न सकेको छैन ।

कर्जा विस्तार अत्यन्त न्यून छ । ३.८ प्रतिशत मात्र छ । ब्याजदर घटाएर कर्जा विस्तार गर्नुपर्छ । पुनकर्जालाई व्यवस्थित गरेर अघि बढाउनुपर्छ । बैंकमा ४०० अर्ब पैसा थुप्रिए पनि त्यो व्यापार व्यवसायमा गएको छैन ।

यसको प्रमुख कारण ब्याजदर नघट्नु हो । किन घटेन ब्याजदर ? जनताले किन वस्तुको माग गरेनन् ? व्यापार व्यवसाय किन चलेन ? यो अहिलेको चिन्ताको विषय हो ।

अर्थतन्त्र चलायमान गराउने हो भने ब्याजदर घटाउनै पर्छ । ब्याजदर घट्दा व्यापारी र व्यवसायीले बजारमा पैसा लिएर जान्छन् र व्यापार व्यवसाय सञ्चालन गर्छन् ।

हाम्रो अर्थतन्त्र आयातमुखी छ । आयातमा निर्भर छ राजस्व । निर्यात हाम्रो सदैव कमै छ । दसैंजस्तो चाडबाडमा पनि आयात बढ्न सकेको छैन । अर्थतन्त्र चलायमान हुन त बजारमा माग हुनुपर् यो ।

आवश्यक वस्तु मगाउनुपर् यो अनि पो बढ्छ आयात । आयातबाट जति राजस्व उठ्नुपर्थ्र्यो, त्यसमा कमी हुन्छ कि भन्ने विश्लेषण छ । अर्थतन्त्र चलायमान हुन नसकेकाले सरकारले बोल कबोलमा आन्तरिक ऋण उठाउँदै छ ।

पहिले ७ प्रतिशतमा उठाएको आन्तरिक ऋण अहिले २ प्रतिशतमा उठाउँदै छ । मुलुकको ऋण त पहिलेदेखि नै हो । २३ खर्ब आन्तरिक र बाह्य ऋण छ । प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार ऋण रहेको छ ।

ऋणको चिन्ताभन्दा पनि अहिलेको आवश्यकता भनेको आन्तरिक रुपमा अर्थतन्त्र चलायमान हुनपर् यो । त्यसको एक मात्र उपचार ब्याजदर घटाउनु हो ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपालसँगको कुराकानीमा आधारित

प्रकाशित मिति: Sep 29, 2023

प्रतिक्रिया दिनुहोस्