Logo
२६ बैशाख २०८१, बुधबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. कार्कीद्वारा साहित्यकारलाई दुतावासमै स्वागत

खेम भट्टचन l अन्तरास्ट्रिय नेपाली साहित्य सामाजको रजत जयन्तीमा भाग लिन बिभिन्न मुलुकहरुबाट अमेरिका आएका साहित्यकारहरुलाई नेपाली दुतावास, वाशिंगटन डिसीमा राजदुत डा. अर्जुन कुमार कार्कीले भब्य स्वागत गरे l
रजत जयन्ती समारोहका आयोजकहरु, अमेरिकाका बिभिन्न राज्यहरु र बिभिन्न मुलुकहरुबाट आएका नेपाली साहित्यकारहरुको स्वागतार्थ दुतावासमा रात्रिभोज आयोजना गरेर महामहिम राजदुत डा. अर्जुन कार्कीले स्वागत गरेका हुन्l
रात्रिभोजमा महिला साहित्यकारहरु: २४ घण्टा यात्रा गर्दै बोस्टन देखी आएकी दिपा राई पुन. नेपाल देखी ईशोरी गौतम र जापान देखी श्रीमती जीवन अर्यालले मिठो कबिता सुनाएका थिए l अनेसासको स्थापना देखी नै २५ बर्ष अवधीमा राम्रो योगदान गरेको भन्दै खेम भट्टचनलाई प्रशंसापत्र र सुनौलो तक्मा पहिर्याईदिएर राजदुत डा. कार्कीले सम्मान गरेका थिए l
क्यानाडा देखी आएका डा. गोबिन्द सिंह रावतले श्रीलंकाको तमिल भाषामा हाँस्य व्यंग प्रस्तुत गरेर सबैलाई गजबले हँसाएका थिएl राजुद्त डा. कार्कीका सुपुत्री रुबी कार्की, दुतावासका डिप्लोम्याट्स लेखनाथ गौतम, दिपक शर्मा र हाकिम भण्डारीको ब्यबस्थापनमा भएको रात्रिभोज रातिको ११.३० बजे सम्म चलेको थियो l

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्