Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजै मात्रै अधिकारीले दिएका थिए । तर उनको त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो ।

अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

गायिका राउतलाई अनुसन्धानका लागि भनी प्रहरीले ७ दिन हिसासतमा राख्ने माग गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले ४ दिनको आदेश जारी गरेका थिए ।

तर प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो र सोही आधारमा आज जिल्ला प्रशासन कार्यालयमा गायिका राउतविरुद्ध अभियोगपत्र पनि दायर भइसकेको छ ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्