Logo
२६ बैशाख २०८१, बुधबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चायत मा बि गोठगाउँको ५५ औं बार्षिकोत्सव सम्पन्न

शिव भट्टराई/प्रदेश एक स्थित मोरङ को सुन्दरहरैचा वाड नं ७ मा रहेको पञ्चायत माध्यमिक बिद्यालय गोठगाउले आफ्नो ५५ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
आईतबार भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी १ न प्रदेश सरकार का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सामुदायिक बिधालय को उचित ब्यवस्थापन गरि ब्यावारिक शिक्षा मा लाग्न जोड दिनु भयो।उहाँले सामुदायिक बिद्यालय लाई अगाडि बढाउन आफू ब्यतिगत तर्फ बाट र प्रदेश सरकार को तर्फ बाट हर कदम सहयोग गर्न तत्पर लागिपरेको बताउनु भयो।

आज भएको सो कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष टोम वा श्रेष्ठको सभापतित्व रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथीहरुमा
१ नं प्रदेश सांसद लोक प्र संग्रौला , सुन्दरहरैचाका नगरप्रमुख शिव प्र ढकाल र उपप्रमुख धनामाया तामाङ रह्नु भएको थियो। यस्तै अतिथीहरुमा वार्ड न ७ का वडाध्यक्ष चैतान्य सिटौला, प्रेदेश नं १ खेलकुद बिकास समिती का प्रमुख चण्डिका बास्तोला, सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन राज अधिकारी लगायत शिक्षाबिद बुद्धिजिबि र समाजसेवी को बाक्लो उपस्थिति रहेको थियो।

विद्यालयको तर्फ बाट वार्सिक प्रतिबेदन प्रधानध्यापक गुरु प्रसाद अधिकारि ले प्रस्तुत गर्नु भएको थियो भने सो कार्यक्रममा बिद्यालयले जग्गादाता , सस्थापक ब्यबस्थापन समिती, बिद्यालय ब्यबस्थापन समितीका पुर्ब अध्यक्षहरु, बिद्यालयका पुर्ब प्र अ हरु , पुर्ब शिक्षक, पुर्ब बिद्यार्थी र विद्यालय लाई योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।
साथै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो भने उक्त कार्यक्रमको सन्चालन शिक्षक अम्बिका सापकोटाले गर्नु भएको थियो।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्