Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकजोडीलाई विवाहको उपहारस्वरुप दिइयो साढे दुई किलो प्याज

भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप साढे दुई किलो प्याज दिइएको छ ।

नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताए । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो ।

शाहुलका अनुसार यो उपहार उनका साथी जी. चेतनसमेत ६ साथीले दिएका हुन् । चेतनका अनुसार दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् । पछि उनीहरुले काँक्रोको रायता बनाउने निर्णय गरे ।

आफूहरुले साढे दुई किलो प्याज पाँचसय भारुमा खरिद गरेको चेतनले बताए । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो छ ।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्