Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैवाहिक कार्यक्रमबाट निस्कियो ३ सय क्विन्टल फोहोर

अउली :  भारतको उत्तराखण्डको आउली नगरमा भएको एक वैवाहिक कार्उक्रममा करिब ३ सय क्विन्टल फोहोर विसर्जन गरिएको हो । दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यो फोहोर थुप्रिएको नगर निगमका अधिकारीहरुले बताएका छन् ।

जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्ग्न्धित भएको इलाका पूरै सफा गरिएको थियो । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो । जसमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु शामिल भएका थिए ।

गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु २ अर्ब खर्च भएको बताइएको छ ।

नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ । उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

विवाह कार्यक्रमकै अवसरमा रामदेवले २ घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो । (रासस/एएनआई)

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्