Logo
१५ बैशाख २०८१, शनिबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सारेगमप लिटिल च्याम्प’मा नेपालका प्रितम आचार्य र आयुष केसी क्रमस तेस्रो-चौथो

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्। आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए।

निकै कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ। आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो।

हाल उनी भक्तपुरमा अध्ययनरत छन्। प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

जि टिभिबाट प्रशारण हुने ‘सारेगमप लिटिल च्याम्प’मा बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए।

सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए। ३ वटा भिडियो पठाएपछि उनीहरुलाई दोस्रो चरणका लागि दिल्ली बोलाइएको थियो। प्रतियोगिताको विजेता सुगन्धता दते बनिन् भने दोस्रो मोहम्मद फैज बने।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्