Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो विद्यालय : शुल्कको साटो लिइन्छ प्लास्टिकको फोहर

गुवाहाटी :  भारतको असम राज्यको गुवाहाटीमा एक विद्यालयले शुल्कको साटो प्लास्टिकको फोहर लिने गरेको छ । आर्थिक रूपमा विपन्न १ सयभन्दा बढी विद्यार्थीलाई यस्तो व्यवस्था गरिएको छ । उनीहरूले प्लास्टिकबाट हुने हानीका बारेमा स्थानीयलाई जागरुक बनाउने पनि गर्छन् ।

‘अक्षर’ नामक उक्त विद्यालय सन् २०१६ मा परमिता शर्मा र माजिन मुख्तरले शुरु गरेका हुन् । यहाँ आर्थिक रूपमा विपन्न ११० बालबालिका अध्ययनरत छन् । उनीहरूले प्रतिसाता शुल्कको रूपमा प्लास्टिकका थोत्रा १० देखि २० वटा सामान विद्यालयमा जम्मा गर्नुपर्छ । साथै स्थानीयलाई प्लास्टिक जलाउन नहुने सल्लाह दिने गर्छन् । रमिताले भनिन्, ‘हाम्रो विद्यालय निकै फरक छ। हामीले गरिब बालबालिकाका लागि शुरु गरेका हौं ।’

अधिकांश बालबालिका शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएका विद्यार्थी हुन् । आर्थिक अभावमा पढ्न नपाएका विद्यार्थीलाई यसबाट राहत मिलेको छ । विद्यार्थीले विद्यालय परिसरमा पुराना प्लास्टिकबाट वातावरणमैत्री इँटा बनाएका छन् । ती इँटा विद्यालयमा शौचालय बनाउन र पर्खाल बनाउन प्रयोग गरिएको छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्