Logo
२६ बैशाख २०८१, बुधबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा सुख र शान्ति ल्याउन महसँगै अनिवार्य रुपमा राख्नुहोस् यी ४ चिज

काठमाडौँ :  सबै इच्छा घरमा सुख र शान्ति तथा समृद्धि हासिल होस् भन्ने रहन्छ । मानिसहरु घरमा वास्तु दोष निवारणका लागि विभिन्न टिप्स अपनाइरहन्छन् ताकि कुनै किसिमका दुःख र पीडा आइनपरोस् । घरमा राखेका वस्तुका कारण पनि सकारात्मक र नकारात्मक असर पर्ने गर्छ । त्यसैले घरमा के के राख्ने भन्ने विषयमा यहाँ जानकारी दिइएको छ ।

चन्दन
पूजामा चन्दनको प्रयोग निकै शुभ मानिन्छ । चन्दनको सुगन्धले घरमा नकारात्मक ऊर्जा कम भएर जान्छ र शान्तिको माहोल उत्पन्न हुन्छ । त्यसैले घरमा थोरै भए पनि चन्दन राख्ने गर्नुपर्छ ।

घिउ
घिउ खानु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । घरमा घिउ कहिल्यै पनि टुटाउनु हुँदैन । घिउ हालेर बत्ती बाल्दा त्यसको सकारात्मक ऊर्जा घरमा पैदा हुन्छ ।

पानी
घरमा सफा पानी राख्नुको महत्व धेरै छ । यसले कुण्डलीमा देखिएका धेरै दोष निवारण गर्छ ।

मह
महको स्वाद जोकोहीलाई पनि राम्रो लाग्छ । वास्तु दोष हटाउन महको धेरै भूमिका हुन्छ । नकारात्मक ऊर्जा न्यूनीकरणका लागि घरमा सधैं मह राख्ने गर्नुपर्छ ।

वीणा
वीणा घरमा राख्नाले बच्चा या परिवारका अन्य सदस्यमा बुद्धिको विकास हुन्छ । यसले हरेक स्थितिमा धैर्यता राख्न शक्ति प्रदान गर्छ ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्