Logo
२६ बैशाख २०८१, बुधबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री बाँस्कोटालाई नकुरी उडे भन्ने विषयमा आएको समाचारप्रति बुद्ध एयरको गम्भिर ध्यानाकर्षण

काठमाडौं : संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नकुरी बुद्ध एयर उडेको भन्ने विषयमा विभिन्न समाचार आएसँगै बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बुद्धले एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा संचारमन्त्री बाँस्कोटाको वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित गरेकोमो आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘वैशाख २ गते काठमाडौं-भैरहवाको उडान नं. ८५७ उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्री र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।’

मौसममा खरावी आउने सम्भावनालाई मध्यनजर गरेर तुरुन्तै काठमाडौं फर्कन वाध्य भएको बुद्धले आफ्नो विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ ।

बुद्धको विज्ञप्तीमा भनिएको छ, मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०-२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०-३५ मिनेट कुर्नु परेको भए मौसमका कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधा पर्नुका साथै आर्थिक व्ययभार पनि थपिन्थ्यो।’

बुद्धले सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व भएको भन्दै व्यवस्थापकिय निर्णय अनुसार सो उडान भरेको बताएको छ । बुद्धले वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडेको र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गरेको पनि जनाएको छ ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्