Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिसमसमा रणबीर कपूर र सलमान खानको फिल्म एकअर्कासँग भिड्दै

एजेन्सी : बलिउडका दबंग सलमान खानको फिल्म जब रिलिज हुने तरखरमा हुन्छ तब कुनै फिल्ममेकर उनीसँग भिड्ने गल्ती गर्दैनन् । किनकि, उनको फ्यान फलोइंग यति दमदार छ कि, कुनै फिल्म बक्सअफिसमा टिक्न सक्दैनन् । तर, यस वर्ष बलिउडमा ठूलो ‘क्ल्यास’ हुने देखिएको छ । २०१९ को क्रिसमसमा रणबीर कपूर र सलमान खानको फिल्म एकअर्कासँग भिड्दैछन् ।
गएको शुक्रवार सलमानले आफ्नो ‘मोस्ट अफ द मोस्ट अवेटेड’ फिल्म सिरिजको तेस्रो पार्ट ‘दबंग ३’ रिलिज गर्ने घोषणा गरेका छन् । यो फिल्मलाई क्रिसमस २०१९ मा रिलिज गर्ने तयारी चलिरहेको छ । मार्चको पहिलो हप्तामा फिल्मको औपचारिक रुपमा छायांकन सुरु हुँदैछ । सलमानले यो फिल्मलाई लिएर निकै उत्साहित रहेको बताएका छन् ।
सलमानको घोषणाले यो कुरा स्पष्ट हुन्छ कि, क्रिसमसमा दुई फिल्मको ठूलो भिडन्त हुँदैछ । किनकि, करण जोहरको प्रोडक्सन हाउसमा बनेको अयान मुखर्जी द्वारा निर्देशित रणबीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ पनि रिलिज हुँदैछ । हालैमा मोस्ट अवेटेड फिल्म ‘ब्रह्मास्त्र’ को लोगो कुम्भ मेलामा लञ्च गरिएको थियो । यसमा अमिताभ बच्चन पनि छन् ।
यसकारण ट्रेड पण्डित ‘ब्रह्मास्त्र’ भर्सेस ‘दबंग ३’ लाई साल २०१९ को सबैभन्दा ठूलो भिडन्त मानिरहेका छन् । ‘ब्रह्मास्त्र’ एक बिग बजेट सुपरहिरोजको कन्सेप्टको फिल्म हो भने ‘दबंग ३’ ती फिल्ममध्ये एक हो, जसको दर्शकलाई केही वर्षदेखि व्यग्र प्रतिक्षा छ । तर, भारतीय मिडियाहरुले दुई फिल्म एक हप्ताको अन्तरमा रिलिज हुनसक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्