Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती समिरा रेड्डीको गतिलो जवाफ : म करिना कपुर जस्तो होइन

बलिउड नायिका समिरा रेड्डी दोस्रो पटक आमा बन्दैछिन् । उनले एक कार्यक्रममा गर्भावस्थापछि महिलाको शरिरबारे टिप्पणी गर्नेहरुलाई गतिलो जवाफ दिएकी छिन् ।

समिरा रेड्डीले भनिन्, ‘म करिना कपुर जस्तो होइन जो आमा बनिसकेपछि पनि हट फिगरसहित फिर्ता भएकी छिन् । म यस्तो गर्न सक्दिनँ । मलाई समय लाग्छ ।’ समिरा रेड्डी र उनका व्यापारी श्रीमान् अक्षय वर्देका पहिलो सन्तानको जन्म सन् २०१५ मा भएको थियो ।

करिना कपुर र सेफ अली खानका छोरा तैमुर अली खानको जन्म डिसेम्बर २०१६ मा भएको थियो । तैमुर अली खानको जन्म भएको केही हप्तापछि नै करिना कपुरलाई जिममा धाएको देखिएको थियो ।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्