Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा जन्मेका भारतमा स्थापित कादर खानको आज क्यानडामा अन्तिम संस्कार

बलिउडका दिग्गज कलाकार कादर खानको मृत्युपछि आज उनको अन्तिम संस्कार गरिदै छ । उनको ८१ वर्षको उमेरमा हिजो निधन भएको हो । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए । उनको दाहसंस्कार पनि क्यानडामै गरिने भएको छ ।

सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण पनि देखिएको थियो ।

उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) बाट ग्रसित थिए । यो एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

अफगानिस्तानको काबुलमा अक्टोबर २२ तारिखमा जन्मिएका कादर खान निकै चर्चित कलाकार हुन् । उनको खुन भरी मांग, विवी हो तो एसी, बोल राधा बोल, मे खिलाडी तु अनारी, दुल्हे राजा र हसिना मान जायजी फिल्म चर्चित रहे । उनी सन् २०१५ मा रिलिज भएको ‘हो गया दिमागका दही’ मा अन्तिम पटक देखिएका थिए ।

आइतबार अबेर राती उनको मृत्युको अफवाह फैलिएको थियो । यसबारे उनका छोरा सरफराजले बुवाको उपचार भइरहेको र जिवित भएको स्पष्टिकरण दिएका थिए । यसका साथै उनले अफवाह नफैलाउन पनि आग्रह गरेका थिए । खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो ।

टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ । उनको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ । उनका ३०० भन्दा बढी फिल्म छन् । उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन् । अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको ‘जवानी दिवानी’ मा सम्वाद लेखेका थिए ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्