Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेक लघुवित्तले प्रस्ताव गर्यो ४० प्रतिशत लाभांश,१८ प्रतिशत बोनस र २२ प्रतिशत नगद

छिमेक लघुवित्तले सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको बिहीबार साँझ ६ बजे बसेको बैठकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उल्लेखित नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर समावेश गरिएको छ । अघिल्लो आर्थिक वर्षमा छिमेकले १९.८९ प्रतिशत बोनस र २५.११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अहिले छिमेकको चुक्ता पूँजी १ अर्ब रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट प्रस्तावित लाभांश स्वीकृत भएर साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । प्रस्तावित बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्