Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै उपसूचक ओरालो लाग्दा आइतबार नेप्से १० अंकले ओरालो

काठमाडौं: कारोबारको सुरु देखिनै ओरालो लागेको शेयर बजार आइतबार दोहोरो अंकले घटेको छ।नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १०.७९ अंकले घटेर १२१८.९८ अंकमा ओर्लिएको छ।

क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले घटेर २५८.१६  अंकमा झरेको छ।

गत साताभरिमा सूचक  करिब ४० अंकले बढेको थियो भने कारोबार रकम करिब २६० प्रतिशतले बढेको थियो।तर यो साताको सुरुतमै लगानीकर्ता लाइ नेप्से सूचकले निराश पारेको छ।

आइतबार १६६ कम्पनीका १२ लाख ७२ हजार कित्ता शेयर ३२ करोड ७० लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी एनआइसि एशिया बैंकको दुई करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक ७.१६, ट्रेडिङ् ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत १४.४३, फाइनान्स १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादनमूलक ६.८१, अन्य ८.०८, लघुबित्त २४.९३ र जीवन बीमा ६७.४२ अंकले घटेका छन्।

२२ प्रतिशत बोनस शेयर घोषणा गरेको जानकी फाइनान्सले सबैभन्दा बढी करिब १० प्रतिशत कमाए।ग्रिन डेभलपमेन्ट बैकका शेयर धनीले सबैभन्दा बढी १० प्रतिशत गुमाए।  

प्रकाशित मिति: Sep 9, 2018

प्रतिक्रिया दिनुहोस्