Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार कित्ता सेयर लिलामी भर्ने आजै अन्तिम दिन

काठमाडौं : प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार २६।६३ कित्ता सेयर लिलामी भर्ने आइतबार भदौ २४ गते अन्तिम दिन हो । प्रभुले भदौ १७ गतेदेखि संंस्थापक समूहको १५ हजार ८६१।७६ कित्ता र सर्वसाधारण समूहको १ लाख २१ हजार १५४।८७ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
 

कम्पनीले यसअघि असार ८ गतेदेखि साउन १० गतेसम्म १ः०।४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७।६३ कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा ३० लाख २९ हजार ६६१ कित्ताका लागि मात्र आवेदन परेको थियो । १ लाख ३७ हजार १६।६३ कित्ता हकप्रद बिक्री हुन सकेन । यही बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । 
 

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ । हाल प्रभु इन्सुरेन्सको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ ।
 

लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यस कम्पनीले २२ करोड १५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ रहेको प्रभु इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ भने २१४ रुपैयाँ छ । 

 

 

प्रकाशित मिति: Sep 9, 2018

प्रतिक्रिया दिनुहोस्