Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिसूचक नेप्से ४.८२ बिन्दुले आज पनि लाग्यो ओरालो

काठमाडौँ : निरन्तर घट्दै आएको शेयर बजार सोमबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले ओरालो लागेको छ ।

आज कूल १५९ कम्पनीको छ लाख ७२ हजार १०३ कित्ता शेयर रु २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ ।स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ । होटल २.२३ र विकास बैंक उपसमूह ३.७५ बिन्दुले बढेको हो ।

बैंकिङ ५।३४, जलविद्युत् १३.५९, फाइनान्स ३।०४, बीमा २१.४४, उत्पादन ०.१३, अन्य १.२१ र माइक्रोफाइनान्स ५.२४ बिन्दुले घटेको छ ।

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्