Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातको अन्तिम दिन ७ अंकले घटेको बजारमा ३६ करोडको कारोबार

काठमाडौं :बिहीबार नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबार मापक सूचक ७।७० अंकले घटेको छ। बजार घटेपछि शेयर बजार १३४८।४५ अंकमा ओर्लिएको छ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १।४८ अंकले घटेर २८४।५९ अंकमा झरेको छ। बिहीबार पहिलो २० मिनेट बजार सामान्य देखिएपनि त्यसपछि भने बजार घट्न थालेको थियो।

कारोबारको पहिलो एकघण्टा बजार तीब्र गतिमा घटेको भएपनि त्यसपछि बजार सम्हालिएको थियो। करिब दुई बजेपछि थोरै बजार सुधारोन्मुख देखिएको थियो। तर बजार अन्तमा टिकाउ हुन नसक्दा घटेर बन्द भयो।

बिहीबार १ सय ६१ कम्पनीका सात लाख ७३ हजार कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड २२ लाख रुपैयाँको कारोबार भएको छ।

बिहीबार नौ समूहको कारोबार भयो। जसमा सबै सूचक घटेका छन्। बैंक ३।३४, ट्रेडिङ ५।८३, होटल ३१।८२, विकास बैंक ५।६७, जलविद्युत २५।६३, फाइनान्स २।४१, बीमा ६९।२८, अन्य ६।४६ र लघुवित्त १४।४१ अंकले घटेका छन्।

प्रकाशित मिति: May 10, 2018

प्रतिक्रिया दिनुहोस्