Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम समयमा नेप्से दोहोरो अंकले बढ्यो, ५० करोडको कारोबार

काठमाडौं : कारोबारको अन्तिम घण्टामा तीब्र सुधार आउँदा मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार मापन गर्ने सूचक १५।६५ अंकले बढेर १३६१।०२ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३।०४ अंकले बढेर २८७।०९ अंकमा पुगेको छ।

कारोबारमा आएका नौ समूहमा उत्पादनमुलक समूह बाहेक सबै उपसूचक बढेपछि समग्र बजार बढ्न टेवा मिलेको छ। उत्पादनमुलक समुह २।४३ अंकले घटेको छ। बैंक ११।७४, होटल ४३।८८, विकास बैंक १८।१७, जलाबिद्युत २०।३, फाइनान्स ०।१४, बीमा १५१।२३, अन्य ०।०६ र लघुवित्त ३५।७६ अंकले बढेको छ।

मंगलबार १३४५ अंकबाट शेयर बजारमा कारोबार सुरु भएको थियो। कारोबारको तीनघण्टासम्म कारोबार मापक सूचक सामान्य अवस्थामा थियो। तर चौथो घण्टामा बजारमा तीब्र सुधार आउँदा दोहोरो अंकको बृद्धिसँगै बजार बन्द भएको छ।

मंगलबार १६५ कम्पनीका १४ लाख कित्ता शेयर ५० करोड ६४ लाख रुपैयाँमा कारोबार भयो। मंगलबार सबैभन्दा बढी सिभिल बैंकको नौ करोड ३१ लाख कित्ता शेयर खरिद बिक्री भयो।

सिन्धु विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत कमाएका छन्। नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्