Logo
१५ बैशाख २०८१, शनिबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

उदयपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताएकी छिन् । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताइन् ।

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिन सकेमा आगामी दिनमा नेपालबाट प्राविधिक शिक्षाका लागि अध्ययन गर्न जाने ठूलो जनशक्ति नियन्त्रण हुने उनले औँल्याइन् ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले त्रिवेणी माविलाई प्रदेशकै नमूना विद्यालय बनाउन आजैदेखि पहल गर्ने घोषणा गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्यालयका पूर्वसंस्थापक बलबहादुर राउत र स्वर्ण महोत्सव समितिका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बालकृष्ण कार्कीले पनि मन्तव्य दिएका थिए । सो अवसरमा विद्यालयको स्मारिकाको विमोचन पनि गरिएको थियो । स्वर्ण महोत्सव यही फागुन १ गते शुरु भई फागुन ८ मा समापन भएको हो ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्