Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवौँ अधिवेशनबाट शिक्षा पत्रकार समूहको अध्यक्षमा सुब्बा

काठमाडौँ : शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक) को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।  अधिवेशनले समितिको उपाध्यक्षमा शेषकान्त पण्डित (गोरखापत्र), महासचिवमा चन्द्र बानियाँ (रेडियो नेपाल), सचिवमा तुला अधिकारी (कृष्णसार एफएम), कोषाध्यक्षमा श्याम तण्डुकार (शिक्षालय मासिक) चयन हुनुभएको छ ।

समितिको सदस्यमा निर्जला कक्षपति, वासुदेव तिमल्सिना, ममता थापा, कृष्ण मल्ल, रोशन गाउँले, गोपाल संग्रौला, विष्णु विवेक विश्वकर्मा र प्रज्ञा तिमल्सिना निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष सुब्बाले सार्वजनिक शिक्षाका मुद्दा वकालत गर्न थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई समूहका पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, हरि थापा, प्रकाश सिलवाल, सुदर्शन सिग्देल, निवर्तमान अध्यक्ष दीपक दाहाललगायतले सक्रियताका साथ काम गर्न शुभकामना दिनुभएको थियो । अधिवेशनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले गर्नुभएको थियो । (रासस)

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्