Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किष्ट कलेजमा तालाबन्दीको आयो चेतावनी

ललितपुर : इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रमुख तीन दलका विद्यार्थी संगठनहरूले तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

बिहिबार बिहानै कलेजको अनुगमन गरेका विद्यार्थी संगठनका नेताहरूले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएको भन्दै एक साताभित्र फिर्ता नलिए र मनपरी ढंगले विद्यार्थीहरूबाट शुल्क असुल गरेकाले मापदण्ड विपरीत संचालन गरिएको सबै मेडिकल कलेज खारेज गर्न किष्ट मेडिकल कलेज तालबन्दी गर्ने चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघका कार्यबहाक अध्यक्ष पुष्प शाहीले मेडिकल कजेलमा पढेका विद्यार्थीहरूलाई न्याय दिन आफूले पहल गर्नु परेको बताए।उनले मेडिकल काउन्सिलले तोकेको मापदण्ड विपरीतका शुल्क असुल गर्ने कुनै पनि कलेजलाई खारेज गर्न लागि पर्ने चेतावनी दिए।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले किष्ट कलेज मापदण्ड विपरीत चलेको भन्दै एक हप्ताभित्र पनि नसच्चिए तालाबन्दी गर्न बाध्य हुने र
जथाभावी शुल्क असुल गरेको उजुरी परेपछि प्रमुख दलका विद्यार्थी संगठनहरूले बिहिबारबाट अनुगमन सुरू गरेका चेतावनी दिए।

अध्ययनका लागि ३८ लाख ५० हजार र विडिएस अध्ययनका लागि १९ लाख २५ हजार रुपैयाँ शुल्क तोकिदिएको छ। तर मेडिकल कलेजहरूले भने ६२ लाखसम्म शुल्क असुल गरेको भन्दै विरोधमा उत्रिएका हुन्।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्