Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणघाटमा यामाहाको एफजी २५ ‘राइड आउट’

काठमाडौं : यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इण्टरप्राइजेजले ‘राइड आउट’को दोस्रो संस्करण सञ्चालन गरेको छ । आफ्नो उत्पादन यामाहा एफजी२५ का राइडरलाई यामाहाले नारायणघाटको डिलर नविन अटोबाट ऊड रक भिल्ला लगेको थियो ।

सो अवसरमा पाँच समूहमा विभाजन गरिएका २५ जना राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ दि फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायत सामूहिक टास्क दिइएको थियो । यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए ।

अत्याधुनिक फ्युल इञ्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिङ्गल सिलिण्डर भएको २ सय ४९ सीसीको शक्तिशाली इञ्जिन रहेको छ । १ सय ४८ केजीको एफजी २५मा ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ विशेषता रहेको छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्