Logo
१५ बैशाख २०८१, शनिबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक विद्यालयको स्तरोन्नतिले मात्र राष्ट्रिय समृद्धि : उपप्रधानमन्त्री श्रेष्ठ

बुटवल : उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सामुदायिक विद्यालयको स्तरोन्नतिले राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न फलदायी हुने बताउनुभएको छ । रुपन्देही मणिग्रामस्थित शान्ति नमूना माविको ५९औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले नमूना विद्यालयका रूपमा सञ्चालित यसको अनुसरण अन्य विद्यालयले पनि गर्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आफू पनि शान्ति नमूना विद्यालयलमा पढेको हुँदा यसको विगत र वर्तमान गौरवशाली रहेको उल्लेख गर्दै विद्यालयको अहिलेको अवस्थाले मणिग्राम क्षेत्रको चेतनशील समाजलाई प्रतिबिम्वित गर्ने धारणा व्यक्त गर्नुभयो ।

विद्यालयका अध्यक्ष शरद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक कुलप्रसाद लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयको मुखपत्र ‘नानी’ को विमोचन गर्नुका साथै वार्षिक शैक्षिक क्रियाकलापमा उत्कृष्ट भएकालाई सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीले मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । सरस्वती पूजाकै अवसरमा तिलोत्तमा नगरका राममणि बहुमुखी क्याम्पस, ज्योति आधारभूत विद्यालयलगायतमा पूजासहित विविध कार्यक्रम सम्पन्न भएका छन् । रासस

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्