Logo
१८ बैशाख २०८१, मंगलबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ गते मंगलवार भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

काठमाडौँ: भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उनी मंगलवार २० तारिख अर्थात भदौ ३ गते दिउँसो एयर इण्डियाबाट नेपाल आउन लागेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । त्यसपछि विदेशमन्त्रीले उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालस्थित भारतीय दुतावासले सोहीदिन रात्री भोज दिनेछ । जसमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई बोलाएको छ । त्यहाँ सामूहिक तथा एक्लाएक्लै भेटघाट हुने बताइएको छ ।

उनी भदौ ५ गते विहानै भारत फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ । भारतीय रअ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले विदेश मन्त्री जयशंकरलाई भेटेका थिए ।

राजदूत आचार्यले भेटेपछि विदेशमन्त्री जयशंकरको नेपाल आउने तय भएको हो । यसअघि विदेश सचिव रहेका जयशंकर संविधान निर्माणको बेला पनि नेपाल आएका थिए ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्