Logo
१८ बैशाख २०८१, मंगलबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेना र प्रहरी नभएका यी हुन् ९ राष्ट्रहरु

देशलाई सुरक्षित बनोने भनेको प्रहरी तथा सेनाले हो । उनीहरुकै कडा मिहिनेतले आज हामी ढुक्क छौँ । तर सोच्नुहोस् प्रहरीबिना होला त कुनै देश ? विश्वास गर्न गाह्रो होला तर विश्वमा यस्ता थुप्रै देश छन् जहाँ सेना तथा प्रहरीबिना पनि सुरक्षित चलिरहेका छन् । ती देश कोही भौगोलिक तथा जनसंख्याका हिसावले साना छन् त कसैलाई केही देशको सुरक्षा जिम्मेवारी अन्य देशलेसमेत लिएका छन् ।

१.  कोस्टारिका – प्रहरीविना चल्ने सबैभन्दा ठुलो देश हो कोस्टारिका । सन् १९४८ देखि यस देशमा कुनै पनि प्रकारका सेना छैनन् । सन् १९४८ मा यहाँ गृहयुद्ध चलेको थियो । सो समयमा यहाँको सेनाको प्रणाली ध्वस्त गरियो । अहिले यहाँको आन्तरिक मामिला हेर्ने सानो प्रहरी बल छ ।

२.  डोमिनिका रिपव्लिक – यो पुर्वी युरोपियन देश हो । सन् १९८१ देखि यहाँ आर्मी छैनन् । यहाँका जनता आफैले आर्मी शासनलाई हटाइदिएका हुन् । त्यसपछि यस देशमा आर्मीको अस्तित्व नै रहेन । तर आन्तरिक मामिला हेर्ने प्रहरी बल भने कायम छ ।

३.  आइसल्याण्ड – विश्वमा आर्मी तथा प्रहरी नभएको देश भनेर चिनिने आइसल्याण्डको नाम सबैले सुनेकै हो । यो देशमा सन् १८६९ देखि कुनै सेना प्रहरी छैनन् । यो नाटोको सदस्य राष्ट्र हो । यसको सुरक्षाको जिम्मेवारी अमेरिकाले लिएको छ ।

४.  मरिसिस –  यो दक्षिण अफ्रिकी मुलुक हो । यहाँ सन् १९६८ देखि कुनै सेना छैनन् । बहुसांस्कृतिक सम्पदाले सम्पन्न यो देशमा १० हजार प्रहरी कामदार रहेका छन् यिनै प्रहरीले सैनिक सुरक्षा दिन्छन् ।

५.  मोनक्को – पश्चिम युरोपियन देश मोनाक्को समुद्रसंग जोडिएको छ । स्थापनाकाल देखि नै यस देशमा कुनै सेना छैनन् । मोनक्को युरोपियन युनियनको सदस्य राष्ट्र समेत हो । सानो प्रहरी बलले यहाँको राजकुमारको सुरक्षा गर्छ । र देशको सुरक्षा भने फ्रान्सले गर्छ ।

६.  पनामा – यो दक्षिण अमेरिकी देश हो । १९९० देखि यहाँ कुनै सेना छैनन् । तर यहाँ एउटा सानो सुरक्षा बल छ, जसले आन्तरिक तथा सिमा सुरक्षा दिन्छ ।

७.  सोलोमोन आइसल्याण्ड – ठूलो गृह युद्ध पश्चात यो देशमा अहिले कुनै सेना छैन ।

८.  ग्रेनाडा – स्पेनसंग जोडिएको यो युरोपियन देश हो । यो देशमा सबैभन्दा बढि दक्षिण अमेरिकी आप्रवासी रहेका छन् । अमेरिकाको कारण सन् १९८३ देखि यहाँ कुनै सेना छैनन् ।

९.  भ्याटिकनसिटी – विश्वमा सबैभन्दा सानो देश भनेर चिनीने भ्याटिकनसिटीमा सन् १९७० देखि न कुनै सेना छन् नत प्रहरी नै । यसलाई क्याथोलिक धर्मगुरु पोपको घर भनेर पनि चि निन्छ । इटालीसंगै जोडिएको भ्याटिकनसिटी युरोपियन देश हो ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्