Logo
१९ बैशाख २०८१, बुधबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी फेरिँदै छ इन्स्ट्राग्रामको लाइक शैली

वाशिङटन :  इन्स्ट्राग्रामले अष्ट्रेलिया, जापान लगायतका देशहरुमा ट्रायलको रुपमा लाइकको संख्यालाई हटाउन थालेको छ । प्रयोगकर्ताहरुले लाइकभन्दा पनि स्टोरीमा बढी ध्यान दिउन् भन्ने मुख्य लक्ष्य रहेको जनाइएको छ ।

प्रयोगकर्तालाई दबाबमा पर्न नदिन सो गरिएको हो । यसको ‘ट्रायल’ बिहीबारबाट शुरु भएको छ । यसमा प्रयोगकर्ताले आफ्नो पोष्टको लाइक, नाम र ‘एण्ड अदर्स’ मात्रै देख्न सक्नेछन् भने नम्बर देख्न पाउने छैनन् ।

विगतमा भएका विभिन्न अनुसन्धानमा लाइक कम आउँदा कम उमेरका मानिसहरुलाई मानसिक रुपमा नै स्वास्थ्य समस्या देखापरेको समेत पाइएको थियो । यही कारणले गर्दा सो कम्पनीले कम उमेरका मानिसलाई लाइकको संख्याका कारण बढ्ने गरेको तनावले यसो गरेको जनाएको छ ।

इन्स्ट्राग्रामले क्यानडामा गएको मे महिनामा यस्तै प्रयोग गरेको थियो । अहिले अष्ट्रेलिया, न्यूजील्याण्ड, आयरल्याण्ड, इटाली, जापान र ब्राजीलमा पनि ट्रायल गर्न लागेको हो । यसो गर्दा कति लाइक पाइए भन्ने तनाव हट्ने जनाइएको छ । त्यसोगर्दा प्रयोगकर्ता आफूलाई मन पर्ने कुराको शेयरीङ्गमा लाग्ने फेसबुकका अष्ट्रेलिया र न्यूजील्याण्डका मिया गार्लीकले वक्तव्यमा जनाएका छन् ।

इन्स्ट्राग्रामले बिजनेशमा मेजरमेन्ट टुल्सको रुपमा काम नगर्ने जनाएको छ । प्रयोगकर्ताले लाइक गर्नेको सूची अझैपनि हेर्न भने सक्ने जनाएको छ । यसको प्रयोग पहिला क्यानडामा भएको थियो । लाइकको संख्याको बारेमा दबाब महसुस गर्नु नपरोस् भनेर यसो गरिएको इन्स्ट्राग्रामका प्रमुख आडम मोसेरीले बताएका छन् । इन्स्ट्राग्राममा लाइकको संख्यालाई सफलता वा पपुलारिटीको मापन गर्ने माध्यम बनाइँदै आएको छ । (बीबीसी)

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्