Logo
१८ बैशाख २०८१, मंगलबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै मजाक बनाएर हाँस्ने व्यक्ति धेरै बाँच्ने एक अध्ययनको दाबी

हाँस्नु स्वास्थ्यका लागि लाभदायक हुने कुरा सबैलाई थाहा छ । भनिन्छ नि जति हाँसिन्छ उति नै बाँचिन्छ ।

पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफरेन्सेज जर्नलमा प्रकाशित गरिएको एक अध्ययनअनुसार आफैंमाथि चुट्किला भनेर हाँस्ने व्यक्तिहरूको मानसिक स्वास्थ्य गज्जब हुने बताइएको छ । यस्ता व्यक्तिहरु धेरै बाँच्ने बताएका छन् ।

हाँस्य मनोविज्ञानमाथि पहिले गरिएका अध्ययनहरूभन्दा यो केही फरक छ । खासमा अहिलेसम्म गरिएको सबै अध्ययनमा के बताइन्थ्यो भने आफैंमाथि चुट्किला भन्ने काम नकारात्मक मनोविज्ञानसँग सम्बन्धित छ त्यसैले उनीहरू यो शैली प्रयोग गर्छन् ।

स्पेनको ग्रानाडा विश्वविद्यालयका जर्ज टोर मरीनले बताए, ‘आफैंमाथि चुट्किला भन्ने प्रवृत्ति मनोवैज्ञानिक स्वास्थ्यका आयाम खुशी र सामाजिकता राम्रो हुने संकेत हो । यस्ता हाँस्यमा सांस्कृतिक अन्तरलाई लक्षित गरिएको नयाँ अध्ययन आवश्यक छ ।’ मरीन थप्छन्, ‘यो अध्ययनको नतिजाले हाम्रो देशमा आफैंमाथि हाँस्नु सकारात्मक संकेत हो भन्ने देखाउँछ ।

तर आफैंमाथि हाँस्ने विषयमा गरिएको अनुसन्धान कुन ठाउँमा भएको भन्ने कुराले परिणाममा भिन्नता ल्याउँछ ।’ आफैंमाथि हाँस्नु भनेको रिस दबाउने प्रवृत्ति हो ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्