कार्तिक र जाह्नवी दाजुबहिनीका रुपमा एकसाथ देखिँदै
मुम्बई : करण जोहरको सुपरहिट फिल्म ‘दोस्ताना’ को सिक्वेल बन्ने खबरले बलिउडमा हलचल मच्चिएको छ । फिल्ममा कार्तिक आर्यन र जाह्नवी कपूरको शीर्ष भूमिका हुने भनिएको छ ।
दर्शकले यी दुईको अनस्किृन केमेष्ट्रीको प्रतीक्षा गरिरहेका छन् । तर फिल्ममा भने यी दुई जोडीका रुपमा नभइकन दाजुबहिनीका रुपमा देखिने भारतीय मिडियाले लेखेका छन् । अत: मिडिया रिपोर्टका अनुसार कार्तिक र जाह्नवी ठूलो पर्दामा दाजुबहिनीका रुपमा देखिने बताइएको छ ।
खबरका अनुसार जाह्नवीको अपोजिटमा कुनै फ्रेस कलाकार हुनेछन् । तर फिल्म टिमले भने जाह्नवीको अपोजिटमा कुन कलाकार रहन्छ भन्ने जानकारी दिएको छैन ।