Logo
१८ बैशाख २०८१, मंगलबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेटर युवराज सिंहको सन्यास बारे यसो भन्छिन् पूर्व प्रेमिका किम शर्मा

क्रिकेटर युवराज सिंहले सोमबार अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । क्रिकेटलगायत सिनेमा जगतका व्यक्तित्वले युवराजलाई नयाँ इनिङका लागि बधाई दिँदै उनका शानदार यात्रालाई याद गरे ।

युवराजलाई बधाई दिनेमा अनुष्का शर्मा, वरुण धवन, अनुपम खेरजस्ता सेलिब्रिटी समावेश छन् । साथै, उनकी पूर्व प्रेमिका किम शर्माले पनि युवराजलाई नयाँ इनिङको बधाई दिइन् ।

युवराज सिंहको अवकाशमा उनकी श्रीमती हेजेलले इन्स्टाग्राममा पत्रकार सम्मेलनका बेला खिचिएको युवराज सिंहको एउटा तस्बिर सेयर गर्दै क्याप्सनमा लेखे, ‘र यससँगै एउटा युगको अन्त्य भएको छ । तपाईंले आफैंलाई गर्व गर्नुपर्छ । अब अर्को अध्यायतर्फ बढ्छौं । धेरै माया ।’

हेजलको यो तस्बिरमा कमेन्ट गर्दै किम शर्माले लेखिन्, ‘सधैं चम्किरह, मायालु जोडी ।’

हेजलको पोष्टमा कमेन्ट गर्दै बलिउडका विभिन्न सेलिब्रिटीले युवराजलाई बधाई दिए । स्मरण रहोस्, किम शर्मा र युवराज सिंह लामो समयसम्म सम्बन्धमा थिए । यी दुईको विवाहसमेत हुने चर्चा थियो तर युवराजकी आमाले उनीहरुको सम्बन्ध अस्विकार गरेपछि यी दुईबीच दरार आएको थियो ।

अनुष्का शर्माले युवराजको पोष्टमा उनलाई वारियर (योद्धा) भनिन् । अनुष्काले सबै यादका लागि धन्यवाद दिँदै उनलाई एक योद्धा र मानिसहरुको लागि प्रेरणा बताए ।

यस्तै, नायक वरुण धवनले ट्वीटरमा युवराजको एउटा तस्बिर सेयर गर्दै युवराजलाई राम्रो याद दिलाएको र खेलका महान एम्बेसडर रहनका लागि धन्यवाद दिए ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्