Logo
१८ बैशाख २०८१, मंगलबार
(September 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्लोभेलको हाईड्रो मिट २०१६ सम्पन्न

naकाठमाण्डौं । ईलेक्ट्रो मेकानिकल उत्पदन तथा बिक्रि बितरणका लागि बिश्व प्रसिद्ध ºलोभेल ईनर्जी ईण्डियाको आयोजना आज काठमाण्डौंमा हाईड्रो मिट २०१६ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त हाईड्रो पावर सञ्चालक, प्रबद्र्धक, लगानीकर्ता बैंकर तथा परामर्शदाताहरुको सहभागि भए ।

हाईड्रो पावर परियोजनाका लागि आवश्यक पर्ने इलेक्ट्रोमेकानिकल प्रणलिका अतिरिक्त बिद्युत प्रसारण र परियोजना निर्माणमा आवश्वक अन्य सेवाहरु प्रदान गर्नका लागि ºलोभेल ईनर्जीको तर्फबाट प्रदान गनै सकिने सेवा सुबिधाहरुको बारेमा सम्बद्ध पक्षहरु जनकारीका साथै प्रदर्शन गर्ने मुख्य उदेश्य सहित हाईड्रो मिट २०१६ कार्यक्रम आयोजना गरिएको हो । ºलोभेल ईनर्जीसंग बिभिन्न देशमा जलबिद्युत उत्पादन तथा परियोजना तयार गर्ने क्षेत्रमा ४ दशक भन्दा लामो अनुभव रहेको छ ।

कार्यक्रमका सहभागीहरुको निष्कर्षमा ºलोभेल ईनर्जीले प्रदुषण रहित बाताबरण मैत्री बिद्युल उत्पादनमा उल्लेखनिय भुमिका खेलेको छ । भारत, इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, युगाण्डा, जापान, लाओस, टर्की र आर्मेनिया लगायत बिश्वका बिभिन्न मुलुकहरुमा कम्पनिले जल बिद्युत परियोजनाहरु सम्पन्न गरिसकेको छ र केहि निर्माणका चरणमा छन् ।

ºलोभेल ईनर्जीद्धारा उत्पादित फ्रान्सिस, पेल्टन, कप्लान र एक्सेल ºलो लगायत बिभिन्न टर्वाईन प्रस्तुत गर्दै कम्पनिका कार्यकारी निर्देशक गौतम करले ठुला तथा साना सबैखाले जलबिद्युल परियोजनाहरुमा ºलोभेल ईनर्जीका ईलेक्ट्रो मेकानिकल उत्पादनहरु उपयुक्त रहेको बताउनु भयो । उनले कम्पनिको तर्फबाट किफायती र उच्च गुणस्तरीय टर्वाइनहरुका लागि आप्mनो प्रतिबद्धता जनाउनु भयो ।

हाईड्रो मिट २०१६ले मुलुकमा उर्ज उत्पादकहरुलाई आवश्यक सुचना तथा जानकारीहरु उपलब्ध गराएको कुरा  स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका महासचिब श्री कुमार प्रसाद पाण्डेले बताउनु भयो । त्यसैगरी आप्mनो ख्याति तथा उत्पादन जलबिद्युत परियोजनाहरुमा आबश्यक हाईड्रोलिक टर्बाईन, ईलेक्ट्रो मेकानिकल उपकरण तथा प्रणलिहरु लगायत सबैखालको मेशिन उपकरणहरुका लागि ºलोभेलनाम नै बिश्वशनियताको पर्यायबाचि रहेको कुरा कार्यक्रममा सहभागी अर्का जलबिद्युत उत्पादक श्री अरुण कुमार सुबेदीले बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै ºलोभेल ईनर्जीका आधिकारीक स्थानिय प्रतिनीधि मरुन ट्रेडिंगका कार्यकारी निर्देशक श्री मुक्तिनाथ शर्माले नेपालको जलबिद्युत उत्पादन तथा बिकासका लागि आवश्यकताहरुको अध्ययन गरी त्यसलाई कम्पनिका तर्फबाट पु¥याउन सक्ने योगदानहरुको बारेमा प्रकाश पार्दै यस कार्यक्रम महत्वपुर्ण रहेको बताउनु भयो । साथै श्री शर्माले सम्बद्ध पक्षहरुलाई आफुसंग रहेको सुचना जानकारी तथा कम्पनिसंग रहेको अपेक्षा खुलेर अघि राख्न पनि अनुरोध गर्नु भयो ।

प्रकाशित मिति: Sep 18, 2016

प्रतिक्रिया दिनुहोस्