Logo
१८ बैशाख २०८१, मंगलबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-मोदी भेटवार्ता : सार्कबारे प्रश्न, रुद्राक्ष उपाहार, मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भेटवार्ता गरेका छन् । उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल आउन निमन्त्रणा समेत दिएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा नेपाली समय अनुसार बिहान पौने १२ बजे प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालबाट लगिएको विषेश किसिमको रुद्राक्ष समेत मोदीलाई उपहारको रुपमा दिएका थिए ।

भेटवार्तामा द्विपक्षीय हितबारे महत्वपूर्ण छलफल भएता पनि औपचारिक रुपमा आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।

दिल्ली स्थित हैदरावाद हाउसमा लगभग ३० मिनेटसम्म चलेको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको औचित्यबारे पनि जिज्ञासा राखेका थिए ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको शपथ समारोहमा सहभागी हुन ओली बिहिबार दिल्ली पुगेका थिए ।

शपथ समारोहपछि ओली भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए ।

भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तापछि ओलीको शुक्रबार नै स्वदेश फर्किनेछन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले दई समकक्षीबीच दुई देशको आपसी हित र भावी रणनीतबिारे कुराकानी भएको बताएका छन् ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्