Logo
२६ असार २०८२, बिहीबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी एयरलाइन्सहरुलाई कालोसूचीमा राख्न निर्देशन

संघीय संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता नतिर्ने विदेशी विमान कम्पनीलाई कालोसूचीमा राख्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणका अधिकारीहरुले आफूहरुले लामो समयदेखि बक्यौता उठाउन पहल गरे पनि नसकेको बताएपछि समितिको आइतबार बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

एयर एसिया र एयर इन्डियालगायतका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्राधिकरणलाई करोडौँ रुपैयाँ बक्यौता तिर्न अटेर गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्