Logo
१८ बैशाख २०८१, मंगलबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को संसद् बैठक स्थगित, नाम र राजधानीमा अझै जुटेन सहमति

विराटनगर : प्रदेशको नाम र राजधानी टुंग्याउन १ नम्बर प्रदेशका राजनीतिक दलको सुरु भएको सर्वदलीय बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा मतैक्यता हुन नसकेपछि आजका लागि तय बैठक स्थगित भएको हो ।

प्रदेश २ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर, दलहरुबीच सहमति हुन सकेको छैन ।

सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक-फरक धारणा बाहिर आइरहेको छ ।

प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन नेकपाको बुधबारदेखि बैठक बसिरहेको छ ।

आज पनि बिहानैदेखि यसबारे निर्णय लिन बैठक भइरहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्