Logo
१८ बैशाख २०८१, मंगलबार
(November 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनभर छठ पर्वको रौनक यस्तो देखियो (फोटोफिचर)

काठमाडौं : देशभरी नै हर्सोल्लासपूर्वक छठपर्व मनाइएको छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वमा मङ्गलबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिईएको हो । छठ पर्वको अवशरमा दिनभर देखिएका दृश्य हामीले यहाँ प्रस्तुत गरेका छौं ।

महोत्तरीको गौशालास्थित प्रसिद्ध निगौल ठाकुर पोखरीमा छठपर्व मनाउनको लागि घाट निर्माण गरिदै युवाहरु । आज साँझ जलाशयमा गई मनाईने छठपर्वको मुख्यपूजा मनाउनको लागि युवाहरु घाट निर्माण गर्नमा विहानैदेखि व्यस्त देखिए ।
जनकपुरको गंगा सागरमा श्रद्धालुहरुले छठका लागि तयार गरेको पूजा सामाग्रीहरु ।
छठको ब्रतका क्रममा ढोग गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली ।
वीरगञ्जको रानीघाटस्थित छठीघाटमा मङ्लबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु ।
वीरगञ्जको रानीघाटस्थित छठीघाटमा मंगलबार छठी माताको पूजा अराधना गर्दै व्रतालु ।
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको गुह्ेश्वरीमा मंगलबार मनाइँदै गरिएको छठ पर्वको अवलोकन गर्नुहुँदै ।

काठमाडौँको गुहेश्वरीस्थित बागमती नदीमा मङ्लबार छठी माताको अराधना गर्दै व्रतालु ।
छठ पर्वको अवसरमा सिङ्गारिएको काठमाडौँको गुह्ेश्वरीस्थित बागमती नदी किनार ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुहुँदै ।
उपराष्ट्रपति नन्दबहादुर पुन छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै ।
छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गर्दै व्रतालु ।
तस्बिर : राष्ट्रिय समाचार समिति

प्रकाशित मिति: Nov 13, 2018

प्रतिक्रिया दिनुहोस्