Logo
२ जेष्ठ २०८१, बुधबार
(October 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसी क्षेप्यास्त्र हमलामा युक्रेनको एउटा गाउँको २० प्रतिशत जनसङ्ख्या मारिए

खार्किभको दक्षिण–पूर्वमा रहेको ह्रोजा गाउँमा रुसी क्षेप्यास्त्र हमलामा एक ८ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ ।

दाहसंस्कार कार्यक्रममा स्थानीयहरू जम्मा भएका बेला स्थानीय समयअनुसार दिउँसो ३ बजेर १५ मिनेट जाँदा रुसी मिसाइल प्रहार भएको बताइएको छ । युक्रेनको रक्षा मन्त्रालयले सो क्षेत्रमा कुनै पनि सैन्य संरचना नरहेको र सर्वसाधारण मात्र रहेको दाबी गरेको छ ।

खार्किभका क्षेत्रीय अध्यक्ष आले स्नेहुबोभले यसलाई सबैभन्दा ठुलो ‘हिंस्रक अपराध’ भएको बताए । उनले मारिने सबै गाउँका बासिन्दा थिए र घटनामा गाउँको २० प्रतिशत जनसङ्ख्या मारिएको जानकारी दिए । ‘एउटा आतंकवादी हमलामा गाउँको एक तिहाइ जनसङ्ख्याको मृत्यु भएको छ,’ उनले भने ।

इन्टरफ्याक्सले एक युक्रेनी सैनिकका लागि उक्त अन्तिम संस्कारको कार्यक्रम आयोजना गरिएको जनाएको छ । मारिनेमा ती सैनिकको पत्नी, जो आफै सैनिक थिइन्, बुहारी र अन्य रहेको स्थानीय अधिकारीले बताएका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीले उक्त हमलाको कडा शब्दमा भर्त्सना गरेका छन् ।

प्रकाशित मिति: Oct 6, 2023

प्रतिक्रिया दिनुहोस्